चीनबाट फर्किएकालाई राख्ने स्थानको व्यवस्था गर्नू : प्रधानमन्त्री

A generic square placeholder image with rounded corners in a figure.
प्रधानमन्त्री ओलीले चीनबाट फर्काइने नेपाली राख्ने व्यवस्था

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले चीनबाट फर्काइने नेपालीलाई राख्ने स्थानको व्यवस्था गर्न निर्देशन दिएका छन्। उनीहरूलाई कहाँ राख्ने, कसरी सम्बोधन गर्ने भन्ने विषयमा बढी केन्द्रित हुन र चीनमा रहेका नेपालीबारे पनि नियमित जानकारी लिन प्रधानमन्त्री ओलीले भनेका हुन्। यसबारे उनले स्वास्थ्य, परराष्ट्र, गृह, रक्षा, पर्यटनलगायत सरोकारवाला मन्त्रालयका मन्त्री एवं सचिवहरूलाई एकै स्थानमा राखेर छलफल गरेका थिए। उनले चीनमा कोरोना भाइरसको महामारी र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका थिए।

नेपालीलाई फर्काउन प्रक्रिया सुरु भएपछि प्रधानमन्त्रीले क्वारेन्टाइन चेक, अस्पितालमा राख्न पर्दाको अवस्था तथा उच्च सतर्कताको तयारीलगायत विषयमा चासो देखाएका हुन्। विमानस्थलमा तयारीलगायत विषयमा पनि उनले जानकारी लिँदै सुधार र उच्च सतर्कताका लागि निर्देशन दिए।

‘हाम्रो सुरक्षा तयारी र त्यहाँ (चीनमा) रहेका नेपाली नागरिकको अवस्थाबारे प्रधानमन्त्रीले बुझ्नुभयो’, बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘त्यसपछि गर्नुपर्ने तयारीबारे सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ।’

चीनमा रहेका नेपालीको पीडा थाहा पाएपछि प्रधानमन्त्रीले बैठक राखेका हुन्। चीनबाट नेपालीहरू तत्काल नेपाल फर्किन खोजे पनि यहाँबाट चासो नदिइएको धारणा आएपछि प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई आफ्ना नागरिकप्रति जिम्मेवार रहन निर्देशन दिएका हुन्।

उनले चीनले सतर्कता अपनाएको भए पनि आफ्ना नागरिकबारे चासो राख्ने निकाय दूतावास हो त्यहाँ रहेको दूतावासले यसमा काम गर्न आवश्यक छ भन्दै परराष्ट्रमन्त्री र सचिवसँग त्यहाँको अवस्था सोधेका थिए। उनले चीनमा परेको संकटप्रति दुःख व्यक्त गर्दै छिटो यसको निदान होस् भन्ने कामना गरे। आफ्ना नागरिकलाई चीनले गरेको रेखदेखप्रति खुसी व्यक्त गर्दै उनले आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्थामा जुट्न पनि निर्देशन दिए।

आफ्ना नागरिकको उद्धार गरेका छन्। शक्ति मुलुकले पहिले नै लगिसके भने कमजोर मुलुकले पनि लगिरहेका छन्। नेपालबाट भने उद्धारमा ढिलाइ हुँदा चीनमा रहेका नेपाली अत्तालिएका हुन्।

राजनिती