बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम खोजिँदै

काठमाडौँ / नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन् । यसरी भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ ।

सोही अनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरू नामकरणमा जुटेका हुन् । वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले भने, “बारा, पर्सामा अध्ययन गर्न गएको टोलीले ल्याउने विवरणसँगै नामका बारेमा थप छलफल हुनेछ, स्थानीय पहिचान दिनेगरी नाम राख्न जरुरी हुन्छ ।”

सेन्टिनियल स्याटलाइटले १० मिटर ‘स्प्याटुअल रिजोलुसन’मा खिचेको तस्बिरको अध्ययनपश्चात् नेपालमा टोर्नाडो आएको पुष्टि मौसमविद्ले गरेका थिए । ‘स्प्याटुअल रिजोलुसन’ भन्नाले कुन क्षेत्र र कति विस्तृत विवरण देखायो भन्ने हुन्छ । एक पिक्सल बराबर १० मिटर लम्बाइ र १० मिटर चौडाइ क्षेत्रको विवरण तस्बिरमा थियो ।

त्यो विश्लेषणले टोर्नाडो आएको प्रस्ट पारेपछि नै टोली तत्काल बारा, पर्सा अध्ययनमा जुटेको विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए । टोर्नाडोबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु हुनुका साथै झण्डै २५ सय घर क्षतिग्रस्त भएका छन् । नेपालमै पहिलो पटक यसरी अमेरिकामा आइरहने जस्तै टोर्नाडो यहाँ देखिएको वैद्यले बताए । अमेरिकी क्षेत्रमा बढी आइरहेको टोर्नाडो पछिल्लो समय दक्षिण एसियाली मुलुकको ङ्गलादेशबाहेक अन्यत्र देखिएको थिएन । आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

Facebook Comments

Top Classified sites in Nepal

www.justdoondo.com
www.karobardaily.com
www.chhito.com
www.muntala.com
www.sabaikobazaar.com
www.nepal-classifieds.com
www.nepaladz.com
www.sastobazar.com
www.in2bazar.com
www.freeadnepal.com
www.watchmoviesonlinehd.net
www.synotrip.com/
www.directory.mynepal.com.np/
www.travel-library.com
www.ypnepal.com/
www.ypofnepal.com/
www.witchvox.com/
www.purbanchaldirectory.com/
www.tibetsites.com/
www.neptel.com.np/
www.myfreshbiz.com/
www.nepal.jantareview.com
www.expressbusinessdirectory.com
www.executivebomb.com/
www.noglass.net/
www.companylist.org/
www.tourismkathmandu.com/
www.cityofkathmandu.com/
www.khumbaya.com
www.parakhireviews.com
www.companynepal.com/
www.expressbusinessdirectory.com/
www.salespider.com/
www.tourismthamel.com/
www.np.wowcity.com/
www.pushkarguide.com/
www.local.saanj.net
www.videsh.com/
www.himalayasguide.com/
www.yellowpageslist.com/country/nepal
www.abc-b2b.com
www.backpackerbucks.com
www.vcarious.com/
www.excursiopedia.com
www.searchnepal.net/
www.nepalbusinessdirectory.com/
www.directory.submitrightnow.com/
www.aksbaje.com/
www.nepalyellowpages.net
www.listingnepal.com
www.nepalvista.com
www.kathmandu.im
www.kathmandu.adclassified.com/
www.tourismkathmandu.com/
www.bristol-online.com/l
www.listingdirectory.org/
www.nepalyp.com/
www.nepaltourismdirectory.com/
www.nepalhomepage.com
nepalvisitor.com/
www.explorenepal.com/
www.websitesofnepal.com/
www.nepalpages.net/
www.yellowpagesnepal.com/
www.globalbiz.com.np
www.discoverourtown.com/
www.shoppaloalto.com
www.foursquare.com/
www.tripadvisor.com/
www.nepal.travel
www.nepalesein.com/
www.wcities.com/
www.yellowpagenepal.com/
www.lukeko.com
www.nepallink.com/
www.bestyellowpagenepal.com
www.formstack.com/
www.ecourseweb.com/
www.directoryofnepal.com/
www.nepalica.com/
www.formstack.com/
www.citynepal.com
www.ebusinessdir.com/
www.businessdirectoryonline.net/
www.wellnepal.com
www.directory.ac/
www.freebusiness-directory.com
www.tripadvisor.in/
www.nepalyp.com
www.beeznesshive.com
www.nepalvisitor.com/
www.tourismthamel.com/
www.expressbusinessdirectory.com/
www.khumbaya.com/
www.cityofkathmandu.com/
www.ecobusinesslinks.com
www.a1bizdirectory.com/
www.travelandtourtonepal.com/
www.samratnepal.com/
www.brownbook.net
www.businesssearchnetwork.com/
www.beeznesshive.com
www.bizz-list.com/
www.worldlink-now.com/
www.iateforfree.com/
www.lacartes.com/
www.eonenet.com/
www.agritourismworld.com/
www.dazzleyellowpages.com/
www.business-list.biz/
www.b2bprofile.com
www.woovor.com/
www.ifsecglobal.com/
www.startnearby.com/
www.info-city.in/
www.nepalstreets.com/
www.globalcatalog.com/
www.worldskihub.com/
www.nepaltravelportal.com
www.url.biz/
www.bestyellow.com/

Facebook Comments

नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

काठमाडौँ / सरकारले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको छ । इन्टरनेटको प्रयोग गरी खेलिने श्रव्यदृष्य खेल (भिडियो गेम)ले समाजमा नकारात्मक असर पारेको भन्दै उक्त खेलमा प्रतिबन्ध लगाइएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकृत सन्दीप अधिकारीले खेल प्रतिबन्धका लागि सबै इन्टरनेटप्रदायक कम्पनीलाई आजै परिपत्र गरिसकेको जानकारी दिनुभयो । उक्त खेलमाथि विभिन्न क्षेत्रबाट प्रतिबन्धका लागि प्रहरीको महानगरीय अपराध महाशाखामा गुनासो आएपछि काठमाडौँ जिल्ला अदालतलाई अनुरोध गरिएकामा अदालतको अनुमतिअनुसार प्रतिबन्ध गरिएको महाशाखाले जनाएको छ ।

अदालतको आदेशानुसार महाशाखाबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको र प्राधिकरणले आजै इन्टरनेट सेवाप्रदायक कम्पनीलाई पत्राचार गरी उक्त अनलाइन खेल प्रतिबन्ध लगाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । प्रतिबन्धित खेल नखेल्न अनुरोध गर्दै महाशाखाले कुनै पनि इन्टरनेट सेवाप्रदायक कम्पनीले खेललाई सहयोग गरेको पाइएमा दूरसञ्चार ऐनबमोजिम कारवाही गर्ने जनाएको छ ।

Facebook Comments

वंशजको नागरिकता लिन अंगिकृतका सन्तानको भीड

माेरङ / जिल्ला प्रशासन कार्यालयमा वंशजको नागरिकता लिन अंगिकृत नागरिकका सन्तानको भीड लागेको छ । अंगिकृतका सन्तानलाई वंशजको नागरिकता लिन सरकारले बाटो खुला गरिदिएपछि गत बिहीबारदेखि जिल्ला प्रशासनमा भीड बढेको हो । वंशजनको नागरिकता लिनका लागि स्थानीय तहबाट सिफारिस बनाएर दैनिक सयौंको संख्यामा युवा युवती प्रशासन पुग्ने गरेका छन् । अत्यधिक भीड बढेपछि आइतबारबाट भने जिल्ला प्रशासनले टोकन प्रणाली लागू गरेको छ ।

गृह मन्त्रालयले चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अंगिकृतका सन्तानलाई वंशजको नागरिकता उपलब्ध गराउन परिपत्र गरेको थियो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भीड बढ्दै गएपछि टोकन प्रणाली लागू गरेर नागरिकता वितरण थालिएको बताए । उनका अनुसार यस प्रणाली अन्तर्गत दैनिक दुई सयलाई नागरिकता दिइने छ । लामो समयसम्म लाइनमा बस्ने झन्झटबाट मुक्त गराउन र सेवाग्राहीलाई आफ्नो पालोमा नागरिकता लिन सजिलो बनाउन टोकन प्रणाली लागू गरिएको जानकारी पाण्डेले दिए ।

बिहीबारदेखि आइतबारसम्म जिल्ला प्रशासनबाट जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान मध्ये ५ सय ८३ जनाले वंशजको नागरिकता पाइसकेका छन् । दुई हजार बढीले वंशजको नागरिकता माग गर्दै फारम भरिसकेका छन् । नागरिकता लिनेको संख्या एक्कासि बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता फाँटमा कर्मचारी समेत थपेको छ । सहायक प्रजिअ पाण्डेका अनुसार नागरिकता फाँटमा यस अघि ५ जना कर्मचारी रहेकोेमा हाल चार जना थपेर ९ जना बनाइएको छ ।

२०६३ सालमा नागरिकता टोलीले गाउँगाउँ पुगेर जन्मका आधारमा नागरिकता प्रदान गरेको थियो । जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले भने उमेर पुगिसक्दा पनि नागरिकता पाउन सकेका थिएनन् । नागरिकता नपाउँदा अंगिकृतका सन्तान उच्च शिक्षा हाँसिल गर्न र रोजगारीको अवसर पाउनबाट बञ्चित हुँदै आएका थिए ।

Facebook Comments

नयाँ वर्षको पहिलो दिनमात्र फुल्ने र नेपालमा मात्रै पाइने यो हो अनौठो फूल !

सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ ।

इसाको छैठो सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रियस्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख केको हो ।

कसरी यतिका दिनसम्म बाँचिरहेका छन् । यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।

प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका विशाल रूखमा एक्कासि फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः मौलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ ।

सलहेश को थिए ? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ । यो जान्नलाई पौराणिककालमा फर्किनुपर्ने आवश्यकता रहेको छ ।

लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो । आफ््ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् ।

सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोहि दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहिआएको छ ।

राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन् । वैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन् ।

जुन फूल हेर्न देश–विदेशबाट लाखौँको सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे ।

मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेमविछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहिआएकाले यस फूलबारीभित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ ।

भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रूखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वासअनुरुप प्रत्येक वर्ष सो फूलबारीमा विवाह गर्नेको सङ्ख्या बढदै गएको छ ।

यो पनि पढ्नुस 

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Facebook Comments

अब बलिउड फिल्म खेल्दै अभिनेता अनमोल केसी, जोडी बन्दैछिन् श्री देबीकि छोरी जान्हवी

ईटहरी/ नेपाली फिल्म क्षेत्रमा निकै चर्चा कमाएका अभिनेता अनमोल केसीलाई बलिउडबाट अफर आएको छ । चर्चित निर्देशक पेमा धोन्डुप ले निर्देशन गर्ने फिल्ममा अभिनेता अनमोल केसीलाई अफर आएको हो । यस फिल्ममा अपोजिटको लागी श्रीदेबी कि छोरी जान्हवी कपूर रहने समाचारमा जनाइएको छ ।

चैत १ गते प्रदर्शनमा आएको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक समेत रहेका पेमा धोन्डुप ले निर्देशन गर्ने यस फिल्ममा अभिनेता गुशलन ग्रोवरको पनि अभिनय गर्ने बताइएको छ । फिल्मको स्क्रिप्टमा काम भइरहेको फिल्मको लागत १० करोड आसपास हुने बुझिएको छ ।यसो त यस अघि पनि अनमोलले एक बलिउड फिल्म साइन गरेको खबर आएको थियो ।

Facebook Comments

पैँचो मागेर परीक्षार्थीलाई पानी


 प्रकाशित मिति: शुक्रबार, चैत्र १५, २०७५  समय: ८:१६:१८

ओखलढुंगा : चिसंखुगढी गाउँपालिका–१ कुइभीरका गोपाल अधिकारी अचेल एक बोतल पानीले खाना बनाउँछन्। त्यो पानी उनका छोरीहरूले घरबेटीसँग पैंचोमा लिएका हुन्। छोरीले परीक्षा दिएर फर्केपछि पैँचो तिर्नुपर्छ। अधिकारी र दुई छोरीसहित सिद्धिचरण नगरपालिका–२ निसंखेमा डेरा लिएर बसेका छन्। उनीहरूको एसईई परीक्षा केन्द्र हिमालय मावि निसंखे हो। डेरामा आएर खाना खाएको हात नओभाउँदै दुई छोरी एक घन्टा दुरीमा रहेको धारामा बोतल बोकेर पुग्छन्।

अनि पानी ल्याएर घरबेटीलाई पैंचो तिर्छन्। यी दुई छात्राको मात्र होइन, एसईई दिन आएका झन्डै एक हजार विद्यार्थीको समस्या हो यो। परीक्षार्थीहरू बिहान घरबेटीसँग पानी पैंचो माग्छन् र परीक्षा दिएर आएपछि धाराबाट ल्याएर तिर्छन्। ७० वर्षीया मधु पोखरेलले आफूले घन्टौं लगाएर ल्याएको पानी त्यत्तिकै दिन नसकेको बताइन्। उनले भनिन्, ‘कष्ट गरेर ल्याएको पानी बेलुकाका लागि आवश्यक हुन्छ।’ निसंखेका बासिन्दाले लामो समयदेखि खानेपानी हाहाकार व्यहोर्दै आएका छन्।

एक सय ४१ घरधुरी रहेको निसंखेमा खानेपानी जोहो गर्न खोला र खोल्सा धाउनुपर्छ। स्थानीय युवा जीवन कटवाल खानेपानीको बर्सेनि हाहाकार हुने गरेको बताउँछन्। उनले भने, ‘खानेपानीको जोहो गर्नै समस्या छ।’ खानेपानीका मुहान सुक्दै गएपछि गाउँबाट टाढा रहेका जोरधारा तथा निगालेको ढुंगेधाराबाट उपभोक्ताले पानी ल्याउने गरेको कटवालले जानकारी दिए।
एसईई चलिरहेकाले अन्य विद्यालयबाट समेत परीक्षा दिन निसंखेमा डेरा गरी बस्न आएका विद्यार्थीलाई खानेपानी अभाव भएको छ। यहाँ चार माध्यमिक विद्यालयका एक हजार विद्यार्थी र तिनका अभिभावक डेरा गरेर बसेका छन्।

Facebook Comments

पिता बन्दै गायक जस्टिन बिबर


 प्रकाशित मिति: शुक्रबार, चैत्र १५, २०७५  समय: ७:३४:४९

काठमाडौं / गायक जस्टिन बिबर लगातार जसो नै चर्चामा रहन्छन् । पछिल्ला दिनमा उनी कहिले विवाहका कारणले त कहिले श्रीमतीसँको झगडाको खबरले मिडियामा छाउने गरेका छन् । तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ । यसबारे जस्टिनले इन्स्टाग्राममा लामो पोस्ट गरेर संकेत दिएका छन्

जस्टिनको पोस्टरका कारण मिडियामा यो खबर छाएको छ कि उनकी पत्नी हैली वाल्डविन गर्भवती छिन् । जस्टिन पोस्टमा आफ्नो निजी जीवनको अनुभव र तनावमा चलिरहेको दिनचर्याबारे बताएका छन् । साथै, उनले राम्रो श्रीमान् र पिताले निभाउने पर्ने जिम्मेवारीको पनि कुरा गरेका छन् । जस्टिनको त्यही पोस्टका कारण हैली गर्भवती भएको हल्ला चलेको हो । उनले भनेका छन्, ‘म मेरो विवाह सम्हाल्न सक्षम छु र पिता बन्न पनि । म त्यो चाहन्छु पनि ।’ अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

Facebook Comments

आजको राशिफल / वि.सं. २०७५ चैत्र १५ गते शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज परिश्रम गरेभन्दा राम्रो परिणाम आउन सक्ने भाग्यमा चन्द्रमा भएको दिन हो । अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । सामाजिक र परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्ने छ । दाजुभाइ र बन्धुबान्धवको सद्भाव र सहयोग प्राप्त हुनेछ । कामको दायित्व थपिने सम्भावना छ । कर्मप्रतिको समर्पणभाव बढ्ने छ ।

शुभरङ्ग : सेतो वा पहेंलो शुभअङ्क : ५ शुभदिशा : पूर्व इष्टदेवता : कुलगुरु÷शिवजी अशुभ रङ्ग : चम्किलो÷उज्यालो अशुभ अङ्क : ४ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग के नगर्ने : आडम्बर र ढोंगीपन

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आज थोरै बोलेको जाति हुन्छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ । आफैंले गरेको सानो त्रुटिका कारण कारण अपजस ब्यहोर्ने दिन छ, त्यसैले सावधान, संयम र सचेत भई काममा मन लगाउनु उचित हुनेछ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन् ।

शुभरङ्ग : कालो शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : कालभैरव अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ३ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण् के नगर्ने : असुरक्षित यात्रा

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । आम्दानीमा कमी हुने छैन । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : शिवर्पावती अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : २ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : परिवारमा अधिकतम समय दिने के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुनेछ । घरायसी र प्रेमसम्बन्धमा देखिएका तनाव र समस्याको अन्त्य हुुने सङ्केत छ, जीवनसाथी र प्रेयसीसितको दूरीमा क्रमशः कमी आउने छ ।

शुभरङ्ग : हलुका सेतो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : भगवान् शङ्कर अशुभ रङ्ग : सुन्तले÷गुलाबी अशुभ अङ्क : १ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ ।

शुभरङ्ग : हलुका नीलो वा हरियो शुभअङ्क : १ शुभदिशा : पूर्व इष्टदेवता : सरस्वती माता अशुभ रङ्ग : कालो अशुभ अङ्क : ३ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ०७ के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने के नगर्ने : बुद्धिको दुरुपयोग

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

चौथो चन्द्रमाको प्रभावले आज कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ । खर्च बृद्धिको योग छ ।

शुभरङ्ग : रातो वा पहेंलो शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : भगवती दुर्गा अशुभ रङ्ग : गाढा नीलो अशुभ अङ्क : २ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : पति÷पत्नी, प्रेमी÷प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

समाजमा सम्मानित र चर्चित व्यक्तिहरूको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।

शुभरङ्ग : गाढा नीलो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : गणेश अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे अशुभ अङ्क : १ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण के नगर्ने : घमण्ड

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सामाजिक काममा संलग्न भएर व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । बन्दव्यापारमा राम्रै छ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ । बोलीवचनमा सुमधुरता आउने छ, नचिताएको ठाउँमा बोली बिक्न सक्छ ।

शुभरङ्ग : घिउ रङ शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : लक्ष्मी माता अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : ९ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः  न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने के नगर्ने : अनावश्यक खानपान

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।

शुभरङ्ग : सिन्दूरे रातो शुभअङ्क : ९ शुभदिशा : पूर्व इष्टदेवता : हनुमान् अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ८ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने के नगर्ने : हडबड र शीघ्रता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

विदेशयात्राको योजनामा हुनुहुन्छ भने काम थाल्न आजको दिन अनुकूल हुनेछ । बाह्रौं चन्द्रमा भएकाले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ ।

शुभरङ्ग : सेतो वा बैैजनी शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : धर्मराज अशुभ रङ्ग : हरियो÷चम्किलो अशुभ अङ्क : ७ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : दान, धर्म, परोपकार के नगर्ने : रिसराग, उद्वेग र क्रोध

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । विश्वासको वातावरण बन्नेछ ।

शुभरङ्ग : कालो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : सरस्वती माता अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम अशुभ अङ्क : ६ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आज कर्मसिद्धिको समय आएको छ । समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । मातापिता र अभिभावकको आशीर्वादले काम गर्नेछ ।

Facebook Comments

‘हत्या पछि बलात्कार’ घटनाका दोसीलाई १६ वर्ष कैदको फैसला

उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका– ३ लाफागाउँस्थित जनता माध्यामिक बिद्यालय रसुवा लाफागाउँका कक्षा ९ अध्ययनरत बालिकाको हत्यापछि बलात्कार घटनाका अभियुक्तहरुलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेसँगै गरेसँग कारागार चलान भएका छन् । सोही बिद्यालयका कक्षा ९ मा अध्ययनरत सहपाठी १५ वर्षिय किशोर दिपे भन्ने दिपेन्द्र राई र १७ वर्षिय रुजन भन्ने पदमवीर राईलाई न्यायधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले मंगलबार कसुर ठहर गर्दै जन्मकैदको फैसला गरेसँगै उनीहरु कारागार चलान भएका हुन् । अदालतले १६ बर्षीय बालकको हकमा १२ बर्ष ६ महिना र १७ बर्षीय बालकको हकमा १६ बर्ष २ महिना ६ दिन साथै क्षतिपुर्तिवापत जनही १÷१ लाख गरी दुई लाख भराउन आदेश दिइएको छ ।

१७ बर्षीय बालकले घटनाका बेला भरुवा बन्दुकसमेत साथमा लिएकाले उनलाई त्यसवापत थप ३ बर्ष जेल र ३० हजार जरिवानाको फैसला सुनाईएको अदालतका श्रेष्तेदार राजकुमार आचार्यले जानकारी दिए । उनको हकमा सरकारी वकिलको कार्यालयले बलात्कार, हत्या र हातहतियार र खरखजना गरी तीन प्रकृतिको मुद्दा दायर गरी चलाएको जिल्ला सहन्यायधिवक्ता गणेशप्रसाद सापकोटाले बताए ।

पीडित पंक्षको मागदावि वमोजिम अदालतले बालक देखिएको भन्दै ऐनकानुनअनुसार उमेर पुगेका मानिसलाई हुने सजायको दुई तिहाई सजाय हुने व्यवस्थाअनुसार फैसला सुनाएको आचार्यले बताए । त्यसैगरी १६ बर्षीय बालकले भने हतियार नबोकेकाकारण बलात्कार र हत्यासम्बन्धि दुई प्रकारको मुद्दा चलाइको सापकोटाले जानकारी दिए । कसुरदार नावालक रहेको देखिएपछि उनको हकमा अदालतले उमेर पुगेका मानिसलाई हुने सजायको आधा हुने गरी फैसला सुनाएको हो ।

एन्जिलाको यसरी भएको थियो, बलात्कारपछि हत्या

गत ०७५ कात्तिक २४ गते सोही वडाको अमला जंगलमा अभियुक्तद्वयले बालिका एक्लै बाख्रा चराउन गएको मौका छोपी बलात्कारपछि हत्या गरेको पुष्टि भएको थियो । उनीहरू एउटै विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने सहपाठीसमेत थिए ।

शिकार खेल्न जाने दुई बालकले बाख्रा चराउन गएकी एउटै कक्षामा पढ्ने एउटै गाउँमा बस्ने एल्जिना माथि अपराध गरेको स्वीकार गरेको थियो । बालकहरु शिकार जाँदा कसैले नदेख्ने जंगलमा बालिका एन्जिला बाख्रा चराउँदै देखेपछि उनीहरुले आक्रमण गरेको थियो ।

बलात्कार गर्न लाग्दा चिच्याएपछि घाँटीमा थिची हत्या गरेर बलात्कार गरेको अभियुक्त दुवैले स्वीकार गरेको प्रहरीको भनाइ छ । घटनाको ४ महिना १७ दिनका दिन अदालतले कसुरदार ठहर गरी फैसला सुनाएको हो । कसुरदारहरू विरुद्ध पीडितका बाबु दुर्गाराज खड्काले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । त्यसअघि प्रहरीले घटनास्थलमा गरेको प्रारम्भिक अनुसन्धानका क्रममा चार जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएकोमा ३ जना संलग्न नरहेको देखिएपछि छाडेको थियो । उनीहरूसँगै पक्राउ परेका १६ वर्षीय बालकले १७ वर्षीय बालक संलग्न रहेको बयान दिएपछि कात्तिक २६ दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

‘घटनालगत्तै प्रदेश प्रहरी कार्यालयबाट आएको अनुसन्धान टोली, तालिम प्राप्त कुकुर, चिकित्सकसहित तत्कालीन डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा गएको टोली घटनास्थल पुगेको थियो,’ उनले भने, ‘त्यही टोलीले दोषी पत्ता लगाएको हो ।’ प्रहरीले घटना घटेको ६ दिनमा प्रारम्भिक अनुसन्धान पूरा गरी आरोपितहरू सार्वजानिक गरेको थियो । प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले घटना मनसायपूर्वक हत्या गरेको देखिन आएको दाबी गर्दै दफा १७७ बमोजिम करणी, ज्यान र खरखजनासम्बन्धी कसुरअन्तर्गत कारबाहीको माग गर्दै २०७५ मंसिर २३ गते अदालतमा मुद्दा दायर गरेको थियो । पीडितको तर्फबाट जिल्ला न्यायाधिवक्त बद्रिप्रसाद नेपाल र प्रतिबादीको तर्फबाट अधिवक्ता नीरबहादुर राईले बहस गरेका थिए ।

यस्तो छ कानुनी व्यवस्था

मुलुकी अपराध ऐनको दफा ११ ले एकै व्यक्तिलाई एकैपटक धेरै प्रकृतिको मुद्दा भएमा प्रत्येक कसुर अलग–अलग भएको मानी सजाय निर्धारण गर्ने तर कारवाहीको हकमा भने सबैभन्दा ठुलो सजायलाई कार्यान्वयन गर्ने व्यवस्था छ । यो व्यवस्था अनुसार उनीहरुलाई हत्या सम्बन्धि जन्मकैदको व्यवस्थामा २५ बर्ष रहेकाले जन्मकैदको कारवाही कार्यान्वयन गरिएको श्रेस्तेदार आचार्यले बताए ।

अदालते बालिका हत्यामा २५ बर्ष र बलात्कारमा १५ बर्ष जेल सजायको फैसला सुनाएको हो । यसवाहेक १७ बर्षीयको हकमा हातहतियारसमेत देखिएकाले थप ३ बर्ष सजाय निर्धारण गरेको आचार्यले बताए । सबै सजाय जोड्ने हो भने १७ बषीय बालकको ४३ बर्ष जेल जीवन विताउनु पर्ने हुन्छ । तर बालक त्यसमा पनि भिन्न भिन्न प्रकृतिको घटना रहेकाले जन्मकैदलाई आधारमानी १६ बर्ष २ महिना ६ दिन अव जेल जीवन बिताउनु पर्ने छ ।

मुलुकी अपराध ऐनअन्र्तगत दफा २१९ (३) (ख) वमोजिम बलात्कार सम्बन्धी १५ बर्ष र सोही ऐनको दफा १७७ (२) वमोजिम हत्याको जन्मकैदको सजाय हुने अदालतले ठहर गरेको हो । त्यसैगरी १७ बर्षीयले हातहतियार र खरखजना बोकी हिडेकाले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १३२ (२) वमोजिम ३ बर्ष जेल र ३० हजार जरिवाना ठहर गरिएको आचार्यले बताए ।

बालिकालाई वलपुर्वक हत्या गरी करणी गरेको देखिन आएकाले अपराध संहिता ऐन २०७४ को दफा २२८ तथा सोही ऐनको दफा १८६ लाईसमेत विचार गरी दुबैलाई १÷१ लाख क्षतिपुर्ति ठहर गरिएको जनाइएको छ । १७ बर्षीय बालकको हकमा बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ३६ (४) तथा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ४५ (४) वमोजिम उमेर पुगेको मानिसलाई हुने सजायको दुई तिहाई सजाय गर्ने व्यवस्था वमोजिम कारवाही गरिएको बताइएको छ ।

त्यसैगरी १६ बर्षीय नावालकको हकमा बालबालिका सम्बन्धि ऐनको दफा ३६ (३) र सोही ऐनको दफा ४५ (३) वमोजिम उमेर पुगेको मानिसलाई हुने सजायको आधा सजाय हुने व्यवस्था अनुरुप कारवाही गरिएको श्रेस्तेदार आचार्यले जानकारी दिए । घटनामा सम्लग्न रहेका दुबै जना बालक रहेकाले उमेर नपुगेसम्म बालसुधारगृहमा बस्ने र त्यसपछि कारागार चलान हुने गरी फैसला सुनाइएको छ । बालकको हकमा नाम गोप्य राख्नु पर्ने कानुनी प्रावधानकाकारण प्रहरीले १६ बर्षीय बालकलाई इइवान कुमार र १७ बर्षीयलाई एचएचवान कुमार उपनाम दिई मुद्दा चलाएको थियो । कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कारपछि हत्या घटनाका आरोपितहरु हालसम्म पहिचान नखुलिरहेको अबश्थामा उदयपुर प्रहरीले यो घटनालाई ठुलै सफलताको रुपमा लिएको छ ।

कसैसंग झगडा नगर्ने मिलनसार एल्जिना

सहपाठीहरुका अनुसार पढाईमा मध्यमस्तरकी एल्जीना कक्षामा सबैसँग मिल्ने स्वभावकी थिइन् । केटाहरूसँग काम पर्दा मात्र बोल्ने स्वभावकी उनी आफ्नै साथी दीपेन्द्रले ज्यान लिन्छ भन्ने थाहा भएको भए बादविवाद र झैझगडा गर्थिन होलिन् । तर, उनीहरू बीच त्यस्तै कुनै बातविवाद भएको थाहा नभएको बाल्यकालदेखिसँगै पढ्दै आएकी सविता तामाङ बताउँछिन् ।

कक्षामा ४ रोल नम्बरकी सविताका अनुसार एल्जीनाको रोल नं. १९ थियो । कक्षाका ३८ विद्यार्थीमध्ये दीपेन्द्र पढाईमा ठिकठिकै थिए । ‘एल्जीना सोझी थिई, दीपेन्द्र पनि सोझै स्वभावको हो, एल्जीना र उबीच झगडा भएको पनि कहिल्यै देखेको छैन’ अन्तरंग साथी गुमाउँदाको अझैपनि सम्झि रहने सविताले भनिन् ‘त्यस्तो हुन्छ भनेर सपनामा पनि सोँचेको थिइँन, अझैपनि अचम्म लागेको छ ।’

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खिलराज राईका अनुसार यो घट्नापछि लाफागाउँबासीमा ठूलो त्रास सिर्जना भएको थियो । उनका अनुसार दिनदहाडै यस्ती कलिली बालिकाको बलात्कारपछि विभत्स हत्या हुनुले सिंगो विद्यालय परिवार शोकमग्न हुन पुगेको थियो । विद्यार्थीहरु स्कुल आउन मानिरहेका थिएनन्, अव फेरी आउन सुरु गरेको छ ।

भर्खरै १३ लागेकी छोरीलाई तिहार राम्ररी नबिताई कहिल्यै नफर्कने गरी विदा दिनुपरेको क्षण दुर्गाबहादुर खड्काको परिवार अझैपनि ताजा जस्तै रहेको छ । उनका अनुसार बलात्कारी र हत्याराले सजाय पाएकोमा न्यायलयप्रति आफ्नो आधारी रहेको बताए । अवका दिनमा मेरो परिवारमा जस्तो घट्ना अरु कसैकोमा नघटौस भन्न चाहान्छु ।

यस्तै खड्का परिवार मात्र होइन सिंगो अमला र लाफागाउँमा पनि फेरी पनि यस्तो घटना नदोहरियोस भन्न चहान्छन् । ‘अत्यन्त नराम्रो घट्ना घट्यो, यसले समाज कतातिर गइरहेको छ भन्ने प्रश्न उठाएको छ’ वडाध्यक्ष दुर्गाराज खड्काले भने ‘युवाहरूमा नैतिक शिक्षा र किशोर किशोरीलक्षित सामाजिक अभियान चलाउनु पर्ने देखियो ।’

Facebook Comments