काठमाडौं। प्राय हामी विश्वका अलग अलग देशको रोचक तथ्य सुन्दै र पढ्दै आएका छौं । तर केही कुरा यस्ता हुन्छन् जुन भावनासँग जोडिन्छन्। यस्तै एक देश हो इन्डोनेसिया। इन्डोनेसियालाई विश्वकै सबैभन्दा धेरै मुस्लिम आबादी भएको देश भनेर चिनिन्छ। यहाँको मुद्रालाई नेपालसँग मिल्दोजुल्दो लाग्ने ‘रुपियाह’ भनिन्छ। त्यसबाहेक अझै रोचक कुरा त के छ भने मुस्लिम देश इन्डोनेसियाको मुद्रामा हिन्दू धर्म र नेपालमा पुजनीय गणेशको तस्वीर छापिएको छ। आखिर किन होला रु यसको कारण पनि रोचक छ।

इन्डोनेसियामा करिब ८७ दशमलव ५ प्रतिशत जनसंख्याले इस्लाम धर्म मान्दछन्। हिन्दूहरु केबल ३ प्रतिशत छन्। रुपियाह भनिने इन्डोनेसियाको २० हजारको नोटमा भगवान गणेशको फोटो छ। त्यहाँका बासिन्दाले गणेशकै कारण देशको अर्थव्यवस्था मजबूत भएको विश्वास गर्ने भएकाले नोटमा गणेशको फोटो छापिएको बताइन्छ।

भगवान गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ। २० हजारको नोटको अघिल्तिर गणेशको र पछिल्लो भागमा कक्षा कोठाको तस्वीर छ, जसमा शिक्षक र विद्यार्थी देखिन्छन्।

 

साथै नोटमा इन्डोनेसियाको पहिलो शिक्षामन्त्री हजर देवान्त्राको तस्वीर पनि छ। देवान्त्रालाई इन्डोनेसियाको स्वतन्त्रता सेनानी मानिन्छ।

भनिन्छ केही वर्ष अघि इन्डोनेसियामा आर्थिक मन्दी आयो। त्यहाँका अर्थविज्ञहरुले निकै बहस र छलफलपछि २० हजारको एउटा नोट जारी गरे, जसमा गणेशको तस्वीर छापियो । त्यहाँका बासिन्दाहरुमा यो मान्यता छ कि त्यसपछि अर्थव्यवस्था मजबुत बन्यो।

नोटमा गणेशको मात्रै होइन इन्डोनेसियन आर्मीको मस्कटमा हनुमान पनि राखिएको छ। र, एक चर्चित पर्यटकीय गन्तव्यमा अर्जुन र श्रीकृष्णको मूर्ति पनि राखिएको छ।