काठमाडौँ। काठमाडौँबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको विमान गएराति त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट बचेको छ ।

मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको उक्त विमान  बिहीबार राति ९ः४५ बजे धावनमार्ग छाडेर चौरतिर पुगेर जोतिएको थियो । विमानमा चालक दलका सदस्यसहित १३९ यात्रु सवार थिए ।

उनीहरु सबै सकुशल छन् । तर जोतिएको स्थानबाट विमानलाई निकाल्ने कार्य भइरहेकोले विमानस्थल अवरुद्ध भएको छ । विमानलाई त्यहाँबाट निकाल्न केही घण्टा लाग्ने जनाइएको छ ।

विमानस्थल प्रशासनका अनुसार विमानस्थल आज दिउँसो १२ बजेसम्म बन्द गरिने छ । त्यतिखेरसम्म अन्तर्राष्ट्रिय र डोमेस्टिक दुबै विमान उडान र अवतरण बन्द गरिएको जनाइएको छ ।