गाईबस्तु चराउन गोठालो गएकी युवतीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
प्रहरीको अनुसार विहिबार भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ४मा २२ वर्षकी बोल्न सुन्न र नसक्ने युवतीलाई जबरजस्ती करणी गर्ने प्रयास भएको हो ।
फकाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा महानगरिय प्रहरी परिसर भक्तपुरले रौतहट घर भई हाल जिल्ला भक्तपुर चागुँनारायण नगरपालिका ४ बस्ने बर्ष १८ को सन्तोष कुमार रजतलाई पक्राउ गरेको हो ।
रजतलाई प्रक्राउ गरि जबरजस्ती करणी उद्योग अन्र्तगतको मुद्दामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेबति रमण पोखरलले जानकारी दिएका छन् ।