लर्ड्समा मेरिलोबन क्रिकेट क्लब र नेदरल्याण्ड्ससँग खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा सुवास खकुरेल, विनोद भण्डारी र प्रदिप ऐरीले कमब्याक गर्दा हरि क्षेत्री नयाँ अनुहार परेका छन् ।

क्षेत्री प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा इमर्जिङ प्लेयर (उदयमान खेलाडी) बनेका थिए ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा अनिलकुमार साह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी छन् । यस्तै रोहितकुमार पौडेल, सन्दिप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी, सुनिल धमला र सुशान भारी पनि टोलीमा छन् ।

नेपाली टोली २५ तारिखमा लर्ड्सतर्फ लाग्नेछ र २९ तारिखमा एसीसी र नेदरल्याड्ससँग खेल्नेछ ।